बाँकेका सबै स्थानीय तहबाट श्रम स्वीकृति, नरैनापुरमा आजदेखि सुरू

हिमाल प्रेस ५ साउन २०८० १३:४६ | Friday, July 21, 2023
बाँकेका सबै स्थानीय तहबाट श्रम स्वीकृति, नरैनापुरमा आजदेखि सुरू

नरैनापुर– बाँकेका सबै स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरू भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरू भएको हो।

नरैनापुर गाउँपालिकाले शुक्रबारदेखि श्रम स्वीकृतिको काम सुरू गरेको छ। गाउँपालिकाका रोजगार संयोजक मकबुल अहमद मुकेरीका अनुसार शुक्रबार कार्यालय खुलेको दुई घण्टामा तीन जनाले श्रम स्वीकृति लिएका छन्। उनले भने, ‘श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ।

सेवाग्राहीले कल्याणकारी कोषका लागि १ हजार ५०० र बिमाका लागि उमेरअनुसारको शुल्क तिर्नुपर्ने हुन्छ। सामाजिक सुरक्षा कोषको पैसा भने लाग्दैन। नरैनापुर गाउँपालिकाले सबै प्रक्रिया पूरा भएपछि अनलाइनमार्फत श्रम स्वीकृति प्राप्त हुने र सेवाग्राहीको मोबाइलमा सन्देश जाने व्यवस्था गरेको छ।

प्रकाशित: ५ साउन २०८० १३:४६ | Friday, July 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast