डेंगु रोकथाम प्रयास

भारतबाट आउने व्यक्तिलाई नेपाल प्रवेशमा कडाइ गर्दै नेपालगन्ज उपमहानगर

हिमाल प्रेस ५ साउन २०८० १३:४६ | Friday, July 21, 2023
भारतबाट आउने व्यक्तिलाई नेपाल प्रवेशमा कडाइ गर्दै नेपालगन्ज उपमहानगर

बाँके– भारतसँग सीमा जोडिएको नेपालगन्ज उपमहानगरपालिकामा डेंगु रोगविरुद्ध उच्च सतर्कता अपनाइएको छ। अहिलेसम्म नेपालगन्जमा कसैलाई पनि डेंगु पुष्टि नभएको उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख राम चन्दले बताए।

सीमापारि र अन्य जिल्लामा देखिएकाले उच्च सतर्कता अपनाइएको उनको भनाइ छ।

महाशाखाले मलेरिया र डेंगु फैलिन नदिनसमेत सचेत भएकाले नेपाल-भारत जमुनाहा नाकामा ज्वरोका बिरामी भेटिएमा परीक्षण गरेर भित्रिन दिइएको तथा उपमहानगरमा सचेतनामूलक अभियान पनि चलाइएको जनाएको छ।

एक जनामा मलेरिया देखिएकाले नेपाल-भारत नाकालगायत उपमहानगरका विभिन्न स्वास्थ्य संस्थामा ज्वरोका बिरामीको मलेरिया र डेंगु परीक्षण गर्न थालिएको उनले जानकारी दिए।

सो रोगको लक्षण र प्रभाव पारे सर्वसाधारणलाई सचेत पार्ने कार्य पनि भइरहेको चन्दले बताए।

भारतलगायत नेपालका विभिन्न जिल्लामा डेंगुका बिरामी देखिन थालेपछि उपमहानगरपालिकाले उक्त रोगविरुद्धको सचेतना अभियान सञ्चालन गरेको उपमहानगरका उपमेयर कमरुद्दिन राईको भनाइ छ।

डेंगु भित्रिन नदिन तथा नियन्त्रणका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको उनले जानकारी दिए।

स्वास्थ्य कार्यालय बाँकेले डेंगु रोग रोकथाम र नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने तथा सर्वसाधारणलाई सचेतना जगाउने अभियान सुरु गरिएको जनाएको छ।

सो कार्यालयले उक्त रोगविरुद्ध उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित: ५ साउन २०८० १३:४६ | Friday, July 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast