एयरपोर्टबाट सुन बाहिरिएको विषय छानबिन गर्न भन्सार विभागले बनायो समिति

हिमाल प्रेस ४ साउन २०८० ११:५२ | Thursday, July 20, 2023
एयरपोर्टबाट सुन बाहिरिएको विषय छानबिन गर्न भन्सार विभागले बनायो समिति

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट ठूलो परिमाणको अवैध सुन बाहिरिएको विषयमा छानबिन गर्न भन्सार विभागले समिति गठन गरेको छ।

भन्सार विभागका अनुसन्धान शाखा निर्देशक मानबहादुर पौडेलेको नेतृत्वमा समिति गठन गरिएको निर्देशक पुण्यविक्रम खड्काले जानकारी दिए।

सुन बाहिरिएको समयमा ड्युटीमा रहेका कर्मचारीलाई आजै निलम्बन गर्ने तयारी गरिएको छ। यसका लागि भन्सार विभागमा बैठक बसिरहेको खड्काले बताए।

बुधबार बेलुका विमानस्थलबाट जाँचपास भएर बाहिरिएको सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।

प्रकाशित: ४ साउन २०८० ११:५२ | Thursday, July 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast