११ महिनामा नेपालमा झन्डै १९ खर्बको वस्तु आयात, सबैभन्दा धेरै डिजेल भित्रियो

हिमाल प्रेस ८ असार २०८३ १३:११ | Monday, June 22, 2026
8
SHARES
११ महिनामा नेपालमा झन्डै १९ खर्बको वस्तु आयात, सबैभन्दा धेरै डिजेल भित्रियो

काठमाडौँ- चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा झन्डै १९ खर्बको वस्तु आयात भएको छ ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा १८ खर्ब ९४ अर्ब ९ करोड ८८ लाख ७१ हजार रुपैयाँको वस्तु आयात भएको हो । जुन आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी हो ।

समीक्षा अवधिमा नेपालबाट २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख ६१ हजार रुपैयाँको वस्तु निर्यात भएको छ । सो निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.२८ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सो अवधिमा नेपालबाट २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख १३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

समीक्षा अवधिमा आयात १५.१६ प्रतिशत र निर्यात १२.२८ प्रतिशतले बढ्दा चालु नेपालको वैदेशिक व्यापार घाटा १५.६७ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।

सबैभन्दा धेरै डिजेल आयात

भन्सार विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा सबैभन्दा धेरै डिजेल आयात भएको छ भने दोस्रो धेरै आयात सोयाबिन तेल र सो को कच्चा पदार्थ भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा १ खर्ब ५२ अर्ब ६७ करोड ९८ लाख ८५ हजार रुपैयाँको डिजेल आयात भएको छ भने १ खर्ब १९ अर्ब ६३ करोड २ लाख ७ हजार रुपैयाँको सोयाबिन तेलको कच्चा पदार्थ आयात भएको छ ।

त्यस्तै, समीक्षा अवधिमा नेपालबाट १ खर्ब १३ अर्ब रुपैयाँको सोयाबिन तेल र सोको कच्चा पदार्थ र १२ अर्ब १ करोड १४ लाख ८६ हजार रुपैयाँको अलैँची निर्यात भएको विभागले जनाएको छ ।

प्रकाशित: ८ असार २०८३ १३:११ | Monday, June 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast