हराएकी युवतीको डेढ महिनापछि दिल्लीबाट उद्धार

हिमाल प्रेस २३ मंसिर २०७९ १८:५४
6
SHARES
हराएकी युवतीको डेढ महिनापछि दिल्लीबाट उद्धार शान्ति पुनःस्थापना गृह बाँकेका प्रतिनिधिहरू। फाइल तस्बिर

अर्घाखाँची– अर्घाखाँचीबाट हराएकी एक युवतीको डेढ महिनापछि भारतको नयाँदिल्लीबाट शुक्रबार उद्धार गरिएको छ। गत कात्तिक २४ गतेदेखि हराएकी सन्धिखर्क नगरपालिका निवासी १७ वर्षीया युवतीलाई शान्ति पुनःस्थापना गृह बाँकेले देहरादुनस्थित हेल्पक्रस संस्था र भारतीय प्रहरीको सहयोगमा उद्धार गरेको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए।

उनका अनुसार युवतीलाई ललाइफकाइ भारत पुर्‍याउने सन्धिखर्क नगरपालिका ६ अर्घाखाँची निवासी २४ वर्षीय सुभाष नेपालीलाई दिल्लीको कोटला थानाका इन्चार्ज सुनिल गोडियालको सक्रियतामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ।

युवतीको अभिभावकले खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र शान्ति पुनःस्थापना केन्द्र बाँकेमा निवेदन दिएका आधारमा खोजी गर्ने क्रममा भारतको नयाँदिल्लीमा उनीहरूलाई फेला पारिएको हो।

भारतीय प्रहरीको सहयोगमा उनको खोजतलास गर्न १० दिन समय लागेको संस्थाले जनाएको छ। उद्धार गरिएकी युवतीलाई परिवारको जिम्मा लगाउने तयारी भएको संस्थाका संयोजक निर्मल सुवेदीले जानकारी दिए।

प्रकाशित: २३ मंसिर २०७९ १८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast