‘बगान’ आजदेखि हलमा, ‘बिहे पास’ पुनः प्रदर्शन

हिमाल प्रेस २९ असार २०८० ११:३६ | Friday, July 14, 2023
‘बगान’ आजदेखि हलमा, ‘बिहे पास’ पुनः प्रदर्शन

काठमाडौँ– आजदेखि हलहरुमा सरोज खनाल निर्देशित फिल्म ‘बगान’ प्रदर्शन भएको छ।

हलिउड फिल्म ‘रेसिडेन्ट इभिलः डेथ आइसल्यान्ड’ र बलिउड फिल्म ‘मिसनः इम्पोसिबल- रेकनिङ पार्ट वान’ पनि आजदेखि नै नेपालमा प्रदर्शन गरिएको छ।

फिल्म ‘बगान’मा एकल महिलाको पुनः विवाह गर्न पाउनुपर्छ भन्ने सन्देशसहितको कथावस्तु प्रस्तुत गरिएको छ।

फिल्ममा कलाकार करिश्मा मानन्धर, निर्देशक खनाल र नव कलाकार प्रमिला कार्की मुख्य भूमिकामा छन्। फिल्ममा अन्य कलाकार नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुसाल, आकास श्रेष्ठलगायत कलाकारको पनि अभिनय छ।

यस्तै गत वैशाख १ गते प्रदर्शन भएको फिल्म ‘बिहे पास’ पुनः प्रदर्शन गरिएको छ। विवाहको कथामा बनेको फिल्मका निर्देशक प्रवेश पौडेल हुन्।

फिल्ममा दयाहाङ राई, प्रकृति श्रेष्ठ, रविन्द्र झा, बुद्धि तामाङ, शिशिर बाङ्देल, विशाल पहारी, हिँउवाला गौतम, प्रकाश भुजेललगायत कलाकारको अभिनय छ।

हलिउड फिल्म ‘रेसिडेन्ट इभिलः डेथ आइसल्यान्ड’एक्सन र एडभेन्चर जनरामा बनेको छ। फिल्मका निर्देशक इच्हिरो हसोमी हुन्।

फिल्ममा बिल बट्स, इरिन चाहिल, केभिन डोरम्यान लगनयतको अभिनय छ।

यस्तै बलिउड फिल्म ‘मिसनः इम्पोसिबल- रेकनिङ पार्ट वान’ का निर्देशक क्रिस्टोफर एमसी हुन्। फिल्ममा टम क्रुज, हेली एटवेल, विंग रेम्स, साइमन पेगलगायत कलाकारको अभिनय छ। फिलम एक्सन एडभेन्चर र थ्रिलर जनरामा बनेको छ।

हलमा अन्य फिल्म ‘जारी’, ‘सत्यप्रेम की कथा’, ‘इन्सिडियसः द रेड डोर’ र ‘इन्डियाना जोन्स एण्ड द डायल अफ डेस्टिनी’ प्रदर्शनरत छ।

प्रकाशित: २९ असार २०८० ११:३६ | Friday, July 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast