हजुरबाको कुटाइबाट नातिको मृत्यु

हिमाल प्रेस २९ असार २०८० १०:१६ | Friday, July 14, 2023
हजुरबाको कुटाइबाट नातिको मृत्यु सांकेतिक तस्बिर।

बैतडी- बैतडीमा हजुरबाको कुटाइबाट नातिको मृत्यु भएको छ। पुर्चौंडी नगरपालिका–६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाति रेशम साउदको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार कुटाइबाट गम्भीर घाइते रेशमको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो।

हजुरबा गणेशकै कुटाइबाट आठ वर्षीय नाती रिजन साउद गम्भीर घाइते भएका छन्। उनको कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा आईसीयूमा राखेर उपचार हुँदैछ।

बिहीबार रेशम र रिजनकी आमा र हजुरआमा घाँस काट्न गएका बेला हजुरबा गणेशले दुवैजनालाई कुटपिट गरेको प्रहरीले जनाएको छ। गणेशलाई प्रहरीले पक्राउ गरेको छ।

उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक जोशीले बताए। रिजन र रेशमका बुबा कामको सिलसिलामा धनगढीमा छन् । कुटपिटको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ असार २०८० १०:१६ | Friday, July 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast