भानुभक्त नेपाली राष्ट्रिय एकताका प्रतीक : राष्ट्रपति पौडेल

हिमाल प्रेस २९ असार २०८० ७:११ | Friday, July 14, 2023
भानुभक्त नेपाली राष्ट्रिय एकताका प्रतीक : राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेल।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा देशवासी एवम् विदेशमा रहेका नेपाली र नेपालीभाषी सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन्।

भानुभक्तले नेपालीमा अनुवाद गरेको रामायणले विभिन्न भाषाभाषीका नेपालीहरूलाई एकताको शूत्रमा बाँधेको उनले जनाएका छन्।

नेपाली र नेपाल राष्ट्रलाई एकताबद्ध बनाउन नेपाली भाषा, साहित्यका माध्यमबाट भानुभक्तले उल्लेख्य योगदान गरेको भन्दै राष्ट्रपति पौडेलले उनको प्रशंसा गरेका छन्।

तत्कालीन राजा पृथ्वीनारायण शाहले विभिन्न राज्यहरूलाई गरेको एकीकरणलाई रामायणले राष्ट्रका स्तरमा एकताबद्ध गरेकाले सो ग्रन्थ नेपाली साहित्यमा महत्त्वपूर्ण रहेको पौडेलले जनाएका छन्।

भानुभक्त जन्मजयन्तीका अवसरमा उनको जन्मस्थल तनहुँको चुँदीरम्घालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकेमात्र उनीप्रति सच्चा श्रद्धाञ्जली व्यक्त गर्न सकिने राष्ट्रपति कार्यालयद्वारा शुक्रबार जारी सन्देशमा उल्लेख छ।

प्रकाशित: २९ असार २०८० ७:११ | Friday, July 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast