युक्रेनसँगकाे युद्ध रूस हारेकाे अमेरिकी राष्ट्रपति बाइडेनको दाबी

हिमाल प्रेस २८ असार २०८० २१:३८ | Thursday, July 13, 2023
युक्रेनसँगकाे युद्ध रूस हारेकाे अमेरिकी राष्ट्रपति बाइडेनको दाबी

हेलसिन्की- अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध हारेको र रूससँग स्रोतको अभाव रहेको साथै आर्थिक संकटमा परेको बताएका छन्।

नर्डिक नेताहरूसँगको वार्तापछि हेलसिन्कीमा आयोजित पत्रकार सम्मेलनमा बाइडेनले पुटिनले युद्ध हारेकाे बताएका हुन्। ‘पुटिनले युद्ध हारेका छन्। उनले युक्रेनको युद्ध जित्ने कुनै सम्भावना छैन,’ बाइडेनले भने।

युक्रेनी जवाफी हमलाले रूसलाई युद्ध अन्त्य गर्न वार्ताका लागि दबाब परेकाे हुन सक्ने बाइडेनकाे भनाइ छ।

‘युक्रेनले आफ्नो आक्रमणमा महत्त्वपूर्ण प्रगति गरेको छ र यसले वार्ताको माध्यमबाट समाधान निकाल्नेछ भन्ने मेरो आशा र विश्वास छ,’ बाइडेनले भने।

उनले रूसी भाडाको सेनाको नेतृत्व गरेका प्रोगोजिनलाई विषाक्त पदार्थ सेवन गराएर हत्या गर्ने प्रयास हुनसक्ने भन्दै यसप्रति सजग रहन उक्त समूहलाई सुझाव दिए। युक्रेनमा रूसले आणविक हतियार प्रयोग गर्नसक्ने सम्भावना रहेको पनि उनले बताए। रासस/एएफपी

प्रकाशित: २८ असार २०८० २१:३८ | Thursday, July 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast