काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्ति परीक्षाका लागि अनलाइन आवेदन आह्वान (सूचनासहित)

हिमाल प्रेस २८ असार २०८० ९:०५ | Thursday, July 13, 2023
काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्ति परीक्षाका लागि अनलाइन आवेदन आह्वान (सूचनासहित) काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत विद्यालयमा कक्षा ११ मा छात्रवृत्तिमा पढ्ने विद्यार्थी छनोट गर्न लिइने परीक्षाका लागि अनलाइन आवेदन आह्वान गरेको छ।

शैक्षिक सत्र २०८०/८१ अन्तर्गत कक्षा ११ मा छात्रवृत्ति पाउन इच्छुक विद्यार्थीले आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म महानगरपालिकाको वेबसाइट वा इन्ट्रान्स डट काठमाडौँ डट जीओभी डट एनपीमा आवेदन पेस गर्नुपर्नेछ।

विज्ञान, व्यवस्थापन, मानविकि, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति छनोट परीक्षा हुने महानगरपालिकाको शिक्षा विभागले सूचनामार्फत जानकारी दिएको छ। परीक्षा साउन २० गते बिहान ११ बजे सुरु हुने जनाइएको छ। परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित सयवटा बहुवैकल्पिक वस्तुगत प्रश्न हुनेछन्।

प्रकाशित: २८ असार २०८० ९:०५ | Thursday, July 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast