धौलिगंगा बाँधको ढोका खोलेपछि महाकालीमा पानीको सतह बढ्यो

हिमाल प्रेस २६ असार २०८० २१:४३ | Tuesday, July 11, 2023
धौलिगंगा बाँधको ढोका खोलेपछि महाकालीमा पानीको सतह बढ्यो फाइल तस्बिर।

खलंगा- भारतको पिथौरागढस्थित छिरकिल्लामा रहेको धौलिगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको छ।

नदीमा पानीको सतह बढेसँगै स्थानीय त्रसित भएका छन्। मंगलबार बिहान ५ बजे खोलिएको बाँध बेलुकी ८ बजेसम्म खुला रहने यसअघि नै जानकारी गराइएको थियो। बेलुकी ८ बजे ढोका बन्द गरे पनि तत्काल पानीको सतह भने घटेको छैन।

पानीको सतह बढ्ने भएकाले नदी आसपास क्षेत्रमा नजान आग्रह गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए। ‘राति ८ बजेसम्मको अवधि र त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन तथा नदी वारपार नगर्न आग्रह गरेका छौँ,’ उनले भने।

महाकाली नदीमा पानीको सतह बढ्दा स्थानीयवासी त्रसित बनेका छन्। सदरमुकाम खलंगाको रिंगलताल क्षेत्रमा तटबन्धको माथिल्लो भागमा पानीको बहाव पुगेपछि घर नै बगाउने हो कि भन्ने चिन्ता बढेको स्थानीय सगुन बोहराले बताए। रासस

प्रकाशित: २६ असार २०८० २१:४३ | Tuesday, July 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast