महाकालीको टापुमा फसेका युवकको सशस्त्र र प्रहरीको संयुक्त टोलीले गर्‍यो उद्दार

हिमाल प्रेस २ साउन २०८३ १०:२१ | Saturday, July 18, 2026
4
SHARES
महाकालीको टापुमा फसेका युवकको सशस्त्र र प्रहरीको संयुक्त टोलीले गर्‍यो उद्दार

महेन्द्रनगर- कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज बिहान सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्दार गरेको छ ।

सशस्त्र प्रहरी बल नं ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले दोधारा–चाँदनी झोलुङ्गे पुलभन्दा करिब दुई किलोमिटर दक्षिण महाकाली नदीको बीच भागमा फसेका काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–६ का ५२ वर्षीय उमेश चौलागाईंलाई सकुशल उद्धार गरिएको जानकारी दिए ।

उनले दोधारा–चाँदनीको देवीस्थानमा रहेको सशस्त्र प्रहरी बलको विपद् तालिम प्राप्त टोली र इलाका प्रहरी कार्यालयबाट खेटिएको टोलीले चौलागाईंलाई सकुशल उद्धार गरेको जानकारी दिए । वर्षात् सुरु भएसँगै महाकाली नदीमा पानीको बहाव बढेकाले आवश्यक सतर्कता अपनाउन उहाँले सर्वसाधारणलाई आग्रह गरे ।

 

प्रकाशित: २ साउन २०८३ १०:२१ | Saturday, July 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast