जोशी हाइड्रोपावरको हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त

हिमाल प्रेस २६ असार २०८० १६:२५ | Tuesday, July 11, 2023
जोशी हाइड्रोपावरको हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त

काठमाडौँ- जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

त्यसका लागि सोमबार कम्पनी र क्यापिटलबीच सम्झौता गरिएको छ। सम्झौता पत्रमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष गंगाप्रसाद जोशी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन्।

काठमाडौँमा रजिष्टर्ड कार्यालय रहेको जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हालको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ बराबर रहेको छ।

त्यसको प्रतिसेयर एक सय रुपैयाँ अंकति दरले १ कित्ता सेयरको ०.६५ प्रतिशत को अनुपातमा २४ लाख १४ हजार एक सय कित्ता हकप्रद सेयर निकाष्शन गर्ने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: २६ असार २०८० १६:२५ | Tuesday, July 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast