काठमाडौँ– भियतनाममा यस वर्ष अहिलेसम्म तीन लाख २५, हजार ६०४ जना डेंगु ज्वरोका बिरामी फेला परेका छन्। तीमध्ये १ सय २२ जनाको मृत्यु भएको भियतनामको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गत वर्षको सोही अवधिको तुलनामा डेंगु संक्रमितको संख्या झण्डै पाँच गुणाले बढेको र मृत्यु हुनेको संख्या ९७ पुगेको बताइएको छ। यस्तै जनवरी र नोभेम्बरको बीचमा २६९ जनामा इन्सेफलाइटिस संक्रमण देखिएको र त्यसबाट पाँच जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
प्रकाशित: २३ मंसिर २०७९ ६:१०
प्रतिक्रिया