अधिकार नभएका तालिम केन्द्रबाट लिइएको प्रमाणपत्रलाई त्रिविले समकक्षता नदिने

हिमाल प्रेस २२ मंसिर २०७९ १३:३९ | Thursday, December 8, 2022
अधिकार नभएका तालिम केन्द्रबाट लिइएको प्रमाणपत्रलाई त्रिविले समकक्षता नदिने

काठमाडौँ- त्रिवि पाठ्यक्रम विकास केन्द्रले फिलिपिन्स लगायत देशका शैक्षिक उपाधि प्रदान गर्ने अधिकार नभएका तालिम केन्द्र तथा संस्थाहरूबाट प्राप्त चिकित्सा शिक्षाका प्रमाणपत्रलाई समकक्षता नदिने निर्णय गरेको छ।

केन्द्रले गत मंसिर ९ गतेको मान्यता तथा समकक्षता निर्धारण समितिको निर्णयबाट यस्ता समकक्षता कतिपय निकायमा पेस भएको भन्ने जानकारीमा आएकाले ती प्रमाणपत्रहरूको समकक्षता केन्द्रबाट लिई वा नलिई पेस गरेमा पनि त्यस्ता समकक्षता पत्रको कानुनी मान्यता नहुने जनाएको हो।

कुनै शैक्षिक तह उत्तीर्ण नगरी सो तहभन्दा माथिल्लो तहमा भर्ना भई उत्तीर्ण गरी समकक्षता माग गरेको खण्डमा समकक्षता प्रदान गर्न नसकिने समितिले निर्णय गरेको केन्द्रले जनाएको छ।

प्रकाशित: २२ मंसिर २०७९ १३:३९ | Thursday, December 8, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast