प्रधानमन्त्रीको राजीनामा माग्दै अवरुद्ध संसद् बैठक शुक्रबार बस्ने

हिमाल प्रेस २० असार २०८० १९:५६
6
SHARES
प्रधानमन्त्रीको राजीनामा माग्दै अवरुद्ध संसद् बैठक शुक्रबार बस्ने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री चयनका सन्दर्भमा दिएको अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित विपक्षी दलले सदन चल्न नदिने अडान राखेपछि प्रतिनिधिसभाको आजको दोस्रो बैठक सूचना टाँसेर स्थगन भएको छ।

दिउँसो ३ बजे निर्धारित बैठक एक घन्टा ढिलो गरी सुरु भएको पहिलो बैठकमा प्रधानमन्त्री दाहालले हालै एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह भारतको नयाँदिल्ली गएको सन्दर्भ उल्लेख गरेकोमा विपक्षीले आपत्ति जनाएका थिए।

तत्पश्चात् आजै आधा घन्टाका लागि स्थगन भएको बैठक साँझ ७ बजे सूचना टाँसेर असार २२ गते शुक्रबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गरिएको छ।

प्रकाशित: २० असार २०८० १९:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast