राष्ट्रियसभामा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

हिमाल प्रेस २० असार २०८० १५:२४
2
SHARE
राष्ट्रियसभामा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेको छ।

बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डले प्रितम सिंहको पुस्तक विमोचन गर्नेक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन्।

उनले आफूहरूको सो माग पूरा नभई संसद् बैठक चल्न नदिने अडान राखे। यता प्रतिनिधिसभा बैठकमा पनि एमालेले प्रधानमन्त्रीको राजीनामा माग्ने तयारी गरेको छ।

प्रकाशित: २० असार २०८० १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast