एक वर्षपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

हिमाल प्रेस २० असार २०८० १३:५७ | Wednesday, July 5, 2023
एक वर्षपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। बुधबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले  केन्द्रीय समितिको मिति तय गरेको हो।  देउवाले असार २७ गतेदेखि सुरु हुने गरी केन्द्रीय समिति बैठक आह्वान गरेका छन्।

सभापति, उपसभापति र महामन्त्रीहरूबीच भएको बैठकले केन्द्रीय समिति बैठक मिति तोकेको हो।  कांग्रेसले गत वर्ष साउनमा केन्द्रीय समिति बैठक राखेको थियो।

कांग्रेसले गत मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा  तथा उपनिर्वाचनको समेत समीक्षासमेत गरेको छैन।

 

प्रकाशित: २० असार २०८० १३:५७ | Wednesday, July 5, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast