लुम्बिनी- अविरल वर्षापछि अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका छन्। जिल्लाको पाणिनि गाउँपालिका–१ पणेनाको गोवनपानी गाउँमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको हो।
घटनामा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको वडाअध्यक्ष कमलप्रसाद पोखरेले जानकारी दिए। पहिरोमा परी सचिन रास्कोटी सामान्य घाइते भएका छन्।
घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन्। तीन वटा शव निकालिएको प्रहरीले जनाएको छ। लगातारको झरीले बिहान साढे पाँच बजे घरमाथिबाट खसेको ढिस्कोले घरको आधाभाग पुरेको हो।
प्रकाशित: १९ असार २०८० ११:२०
प्रतिक्रिया