ट्वीटरमा प्रयोगकर्ताले पढ्न सक्ने पोस्टको संख्या घटाइयो

हिमाल प्रेस १७ असार २०८० २०:१३
2
SHARE
ट्वीटरमा प्रयोगकर्ताले पढ्न सक्ने पोस्टको संख्या  घटाइयो

न्यूयोर्क- ट्वीटरले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ कम्पनीहरूले साइटमा भएको तथ्यांकको प्रयोगमा कमी ल्याउन प्रतिदिन बढीमा १० हजार ट्वीट पढ्न सक्ने अस्थायी व्यवस्था गरिएको एलन मस्कले घोषणा गरेका छन्।

पछिल्लो प्रावधानअनुसार ट्वीटरले प्रमाणित एकाउन्ट भएका ट्वीटर प्रयोगकर्तालाई एक दिनमा १० हजार ट्वीट पढ्न दिने र निःशुल्क रूपमा ट्वीटरको प्रयोग गर्ने (अधिकांश प्रयोगकर्ता) अप्रमाणित प्रयोगकर्ता भनिएको छ,ले प्रति दिन एक हजार ट्वीटहरू मात्र पढ्न पाउनेछन्।

त्यस्तै, नयाँ तथा अपुष्ट प्रयोगकर्ताले ५ सय मात्र ट्वीट पढ्न पाउनेछन्। मस्कले एक ट्वीटमा भनेका छन् ‘तथ्यांक प्रेषण (डाटा स्क्रैपिङको चरम स्तर)लाई सम्बोधन गर्न’ यो निर्णय गरिएको हो।’

मस्कको घोषणापछि संयुक्त राज्य अमेरिकामा ‘गुडबाई ट्विटर’ ट्रेन्डिङको विषय बनेको छ। ट्विटरका अर्बपति मालिकले यो नियम कहिलेसम्म लागू हुने भन्ने समयसीमा भने खुलाएका छैनन्।

मस्कले अघिल्लो दिन अकाउन्ट बिना साइटमा ट्वीटहरू पढ्न सम्भव नरहेकाे घोषणा गरेका थिए। अधिकांश ‘डाटा स्क्रैपिङग’ उनीहरूको एआई नमूनाहरू निर्माण गर्न प्रयोग गर्ने फर्महरूबाट आइरहेको र यसले साइटमा अवरोध निम्त्याइरहेको मस्कले बताएका छन्। रासस/एएफपी

प्रकाशित: १७ असार २०८० २०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast