नारायणगढ-मुग्लिन सडक २८ घण्टापछि सञ्चालनमा

हिमाल प्रेस १५ असार २०८० १७:३६ | Friday, June 30, 2023
नारायणगढ-मुग्लिन सडक २८ घण्टापछि  सञ्चालनमा तस्बिर : मुग्लिन बजार फेसबुक पेज

काठमाडौँ- पहिरोले अवरुद्ध नारायणढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। चितवनस्थित इच्छाकामना गाउँपालिकाको ५ क्षेत्रको ३ नम्बर पुलमा बिहीबार दिउँसो गएको पहिरोको कारण अवरुद्ध सडक आज करिब २८ घण्टापछि सञ्चालनमा आएको हो।

सडक अहिले एकतर्फी सञ्चालनमा आएको छ। प्रहरी कार्यालय मुग्लिनका अनुसार एम्बुलेन्स र दुई पांग्रे सवारीलाई पालो गरेर पठाउन सुरु गरिएको छ। पहिरो पन्छाउने काम पनि भइरहेको छ। केहीबेरमा दुईतर्फी सवारी आउजाउ हुने बताइएको छ।

सडक अवरुद्ध हुँदा हजारौँ यात्रुहरू सडकमै अलपत्र परेका छन्।

प्रकाशित: १५ असार २०८० १७:३६ | Friday, June 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast