कोशीका मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ : कांग्रेस

हिमाल प्रेस १४ असार २०८० १७:०५ | Thursday, June 29, 2023
कोशीका मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ : कांग्रेस

विराटनगर– नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले विश्वासको मत लिन गणितले नपुग्ने भएकाले मुख्यमन्त्री हिक्कमतकुमार कार्कीलाई राजीनामा दिन सुझाव दिएका छन्।

मुख्यमन्त्री हिक्मत कार्कीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावका विषयमा छलफलका क्रममा बिहीबार प्रदेशसभामा बोल्दै दलका नेता थापाले उक्त कुरा बताएका हुन्।

प्रदेशसभाको ढोका बन्द गरेर सरकार भागेको तर विश्वासको मत लिन आएको भन्दै असन्तुष्टि जनाए। संसद् छलेर अत्यादेशबाट बजेट ल्याउने सरकारलाई विश्वासको मत दिनुपर्ने अवस्था पनि नरहेको थापाले बताए।

उनले भने, ‘मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने आधार छैन।’ उनले विश्वासको मत माग्न पत्र पठाएकामा नेता थापाले मुख्यमन्त्री कार्कीलाई धन्यवाद दिएका छन्।

कोशीमा हिक्मत कार्की नेतृत्वको सरकार ढल्ने निश्चित

प्रकाशित: १४ असार २०८० १७:०५ | Thursday, June 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast