कोशीमा हिक्मत कार्की नेतृत्वको सरकार ढल्ने निश्चित

विवेक विवश रेग्मी १४ असार २०८० १५:०६
96
SHARES
कोशीमा हिक्मत कार्की नेतृत्वको सरकार ढल्ने निश्चित एमाले कोशीका संसदीय दलका नेता हिक्मत कार्की। फाइल तस्बिर।

इटहरी- कोशी प्रदेशमा वर्तमान मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ। नेपाली कांग्रेस, नेकपा माओबादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले विश्वासको मत नदिने निर्णय गरेसँगै कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको हो।

पछिल्लोपटक जसपा र माओबादी केन्द्र सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री कार्कीले आज (बिहीबार) तेस्रो अधिवेशनको पहिलो बैठकबाट विश्वासको मत माग्ने तयारी छ।

मुख्यमन्त्री हिक्मत कार्कीले प्रमुख विपक्षी र विपक्षी दललाई विश्वासको मत दिन औपचारिक पत्राचार गरेका थिए। तर, प्रमुख विपक्षी कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले औपचारिक रुपमै दलको बैठकबाट मत नदिने निर्णय गरेका छन् भने जसपाले तटस्थ बस्ने निर्णय गरेको छ।

कोशीमा सत्तारुढ दल एमालेसँग ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग ६ जना सांसद छन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ। कार्कीले विश्वासको मत पाउन थप १ सांसदको साथ आवश्यक परेको छ।

विपक्षी दलहरूमध्ये नेपाली कांग्रेससँग २९, माओवादी (सभामुखसहित) १३, नेकपा (एकीकृत समाजवादी) सँग ४ र जसपासँग १ जना सांसद छन्।

प्रकाशित: १४ असार २०८० १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 7 =