मनसुनको प्रभाव यथावत, यी स्थानमा हुँदैछ भारी वर्षा

हिमाल प्रेस १४ असार २०८० ६:२६ | Thursday, June 29, 2023
मनसुनको प्रभाव यथावत, यी स्थानमा हुँदैछ भारी वर्षा फाइल तस्बिर।

काठमाडौँ– बिहीबार (आज) देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले मौससमा यस्तो बदलीदेखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका अधिकांश स्थानमा तथा बाँकी प्रदेशका तराईका केही स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ।

आज राति भने देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। यस्तै कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश तथा बाँकी प्रदेशका तराईका केही स्थानमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: १४ असार २०८० ६:२६ | Thursday, June 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast