नेकपा एस संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस १३ असार २०८० १०:२७ | Wednesday, June 28, 2023
नेकपा एस संसदीय दलको बैठक बस्दै फाइल तस्बिर।

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक बस्ने भएको छ।

बजेटमा असन्तुष्टि जनाउँदै आएको नेकपा एसले बजेटको पक्ष या विपक्षमा भोट हाल्ने भन्ने निर्णयका लागि संसदीय दलको बैठक बोलाएको हो।

बिहान साढे १० बजे संसद् भवनमा बस्ने बैठकमा पार्टी अध्यक्षसहितका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिएर बजेट सच्याउनुपर्ने बताइरहेका छन्।

अर्थमन्त्रीको जवाफबाट सन्तुष्ट हुन नसकेका एकीकृत समाजवादीका सांसदले प्रधानमन्त्रीले नै असन्तुष्टिको सम्बोधन गर्नुपर्ने पार्टी नेताहरूको दाबी छ।

आज ११ बजे प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयहरूको खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

बैठकको अन्तिममा अर्थमन्त्री डा. प्रकाश शरण महतले विनियोजन विधेयक, २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। जसमा नेकपा एसका सांसदहरूले आफ्ना प्रश्नहरू राख्नेछन्।

प्रकाशित: १३ असार २०८० १०:२७ | Wednesday, June 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast