५० लाख दाइजो नपाएको भन्दै बिहे रद्द गर्ने ग्रिन कार्ड होल्डर बेहुला मण्डपबाटै पक्राउ

हिमाल प्रेस १३ असार २०८० ७:२२ | Wednesday, June 28, 2023
५० लाख दाइजो नपाएको भन्दै बिहे रद्द गर्ने ग्रिन कार्ड होल्डर बेहुला मण्डपबाटै पक्राउ

काठमाडौँ– मागेजित दाइजो बेहुली पक्षले नदिएको भन्दै विवाह रद्द गर्ने बेहुला पक्राउ परेका छन्।

नक्सालस्थित लिसरा रिसेप्सेन पार्टी प्यालेसमा मंगलबार विवाह हुँदै गर्दा बेहुला पक्षले आफुहरूले मागेजती दाईजो नपाएको भन्दै विवाह रद्द गरेपछि प्रहरीले बेहुला अनुराग रौनियारलाई प्रहरीले पक्राउ गरेको हो।

दाइजोकै विषयमा दुईपक्षबीच विवाद भएको भन्ने सुचना प्राप्त भई जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटेको प्रहरी टोलीले विवाह मण्डपबाट उनलाई पक्राउ गरेको हो।

आफूहरूले पचास लाख रुपैयाँ दाइजो नपाएको र जन्तीलाई राम्रो स्वागतसमेत नभएको बेहुलापक्षको दाबी रहेको प्रहरीले जनाएको छ।

निर्धारित विवाह रद्द गर्दा मण्डपमा रहेकी बेहुलीलाई समेत गाली बेईजती तथा हातपात भएको, विवाह खर्च भन्दै बेहुलीपक्षबाट बेहुलापक्षले पटक पटक गरी २२ लाख रुपैयाँ लगेकोसमेत प्रहरीले जनाएको छ।

सुनसरीस्थित दुहवी नगरपालिका ६ स्थाई घरभई हाल ताहाचल बस्दै आएका बेहुला अमेरिकाको ग्रिन कार्ड प्राप्त भएको खुलेको छ।

घटनाबारे रौनियारउपर विवाहसम्बन्धी कसूर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ५ को म्यादथप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १३ असार २०८० ७:२२ | Wednesday, June 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast