गोरखामा भिरबाट लडेर एक जनाको मृत्यु

हिमाल प्रेस १२ असार २०८० ७:४९ | Tuesday, June 27, 2023
गोरखामा भिरबाट लडेर एक जनाको मृत्यु प्रतीकात्मक तस्बिर।

गोरखा– भिरबाट लडेर बारपाक सुलिकोट गाउँपालिका-७ पाँचखुवा देउरालीका ६० वर्षीय मीन गुरुङको मृत्यु भएको छ। आइतबार जंगलमा काठ लिन भनेर गएका गुरुङ नफर्किएपछि खोजी गर्ने क्रममा अमलेस्थित जंगलमा सोमबार मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेले बताए।

‘परिवारका सदस्यसहित स्थानीयवासी मिलेर खोजी गर्ने क्रममा वडा नं ७ स्थित अमलेको जंगलमा रहेको बिखुरे भिरमा गुरुङको शव भेटिएको हो’, डीएसपी लामिछानेले भने, ‘घटनाको प्रकृति हेर्दा भिरबाट लडेर ज्यान गएको देखिन्छ।’

मृतकको शव उद्धारका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो। गुरुङ काठ लिएर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले अनुमान गरेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रनाउ लामिछाने बताए।

प्रकाशित: १२ असार २०८० ७:४९ | Tuesday, June 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast