जसपाको विधान अधिवेशन आजबाट सुरु

हिमाल प्रेस १० असार २०८० ६:५९ | Sunday, June 25, 2023
जसपाको विधान अधिवेशन आजबाट सुरु

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाल (जसपा) को विधान अधिवेशन आइतबार (आज)बाट सुरु हुँदैछ।

शनिबार बसेको केन्द्रीय समिति बैठकले मस्यौदा विधानलाई अनुमोदन गरेपछि आजको विधान महाधिवेशनमा पेस गर्ने कार्यसूची तय गरेको थियो।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने अधिवेशनले संघीय परिषद् खारेज गरिएको प्रस्तावित विधानमार्फत जसपा नेपाल पुनः एकल नेतृत्वतर्फ फर्किने छ।

बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरि तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी हुँदैछन्।

विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

११ गते यसरी सहभागी भएका प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ। १२ गते विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्यसूची छ।

सो विधान अधिवेशन यसअघि चैत्र २७, २८ र २९ गते गर्ने निर्णय भए पनि पटक पटक सर्दै आएको थियो।

प्रकाशित: १० असार २०८० ६:५९ | Sunday, June 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast