प्रतिनिधिसभा बैठक : आइतबारदेखि बजेटबारे मन्त्रीले जबाफ दिने

हिमाल प्रेस ८ असार २०८० २१:१९ | Friday, June 23, 2023
प्रतिनिधिसभा बैठक : आइतबारदेखि बजेटबारे मन्त्रीले जबाफ दिने

काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा उठेका प्रश्नमाथि आइतबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम सुरु हुनेछ।

सभाको असार १० गते आइतबार बिहान १० बजे अर्काे बैठकमा विनियोजन विधेयकअन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ। सोही दिन गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद, सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्रीले मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जबाफ दिने कार्यक्रम रहेको छ।

विनियोजन विधेयक २०८० अन्तर्गत आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफल सकिएको छ।

आजको बैठकमा समयमा आयोजना सम्पन्न नहुँदा लागत खर्च बढेको, सांसदले सम्बन्धित मन्त्रीलाई टिपाएका योजना पनि समावेश नभएको, नेपाल प्रहरी र सशस्त्र प्रहरीको जवानको रासनमा पर्याप्त सुविधा नदिइएको, प्रतिपक्षका आवाजलाई सुनुवाइ नगरिएको आवाज उठाइएको थियो।

प्रकाशित: ८ असार २०८० २१:१९ | Friday, June 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast