उपप्राध्यापक चलाउनेले तोडे अनशन

हिमाल प्रेस ८ असार २०८० २१:०७ | Friday, June 23, 2023
उपप्राध्यापक चलाउनेले तोडे अनशन

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आज (शुक्रबार) अनशन तोडेका छन्। पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका चलाउनेलाई चितवनकी होमकुमारी बरालले दही खुवाएर अनशन तोडाएकी हुन्।

मन्त्रिपरिषद् बैठकले चलाउनेलाई आक्रमण गर्ने नेपाल विद्यार्थी संघका कार्यकर्ता विरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउने त्यसको विरोधमा अनशन बसेका थिए। चलाउनेमाथि कुटपिट हुँदा त्यतिबेला होमकुमारी बरालले नै जोगाएकी थिइन्। उनी आजै चितवनबाट काठमाडौँ आएकी हुन्।

सर्वोच्च अदालतले बिहीबार आक्रमण गर्नेहरू विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी आदेश दिएपछि चलाउनेले अनशन स्थगित गरेका हुन्।

प्रकाशित: ८ असार २०८० २१:०७ | Friday, June 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast