विजेतालाई इसेवा मनी ट्रान्सफरले दियो घर

हिमाल प्रेस ८ असार २०८० १२:०७ | Friday, June 23, 2023
विजेतालाई इसेवा मनी ट्रान्सफरले दियो घर

काठमाडौँ- इसेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियानमा विजेता बनेका पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरेको छ।

इसेवा मनी ट्रान्सफरका ब्रान्ड एम्ब्यासडर र कम्पनी व्यवस्थापन समितिको उपस्थितिमा बिहीबार श्रेष्ठलाई घर हस्तान्तर गरिएको हो।

कम्पनीले जेठ १२ गते आफ्नो फेसबुक र टिकटक पेजबाट प्रत्यक्ष प्रसारणमार्फत डिजिटल गोलाप्रथा गरेर विजेता छानेको थियो। जसमार्फत ८ वर्षदेखि यूएईमा कार्यरत पूर्णबहादुर श्रेष्ठले घर जितेका थिए।

इसेवा मनी ट्रान्सफरका निर्देशक डेनियल डी श्रेष्ठले नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन निरन्तर लागिरहेको एफवान सफ्ट ग्रुप अन्तगर्तको कम्पनी इसेवा मनी ट्रान्सफरले रेमिट्यान्सलाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको बताए।

इसेवा मनी ट्रान्सफरले वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्न ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो । यसअन्तर्गत जुनसुकै मुलुकमा रहेका नेपालीले बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौँमा साढे दुई तल्लाको घर दिने घोषणा गरेको थियो।

गत असोज ७ गतेदेखि जेठ ६ गतेसम्म रेमिटयान्स पठाउने व्यक्ति यस अभियानमा सहभागी भएका थिए। ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत कम्पनीले हरेक महिना सेवाग्राहीको घरसम्म पुगी आकर्षक उपहारसमेत प्रदान गरेको थियो।

प्रकाशित: ८ असार २०८० १२:०७ | Friday, June 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast