चितवनमा ११ महिनामा मरे २२ गैँडा र तीन बाघ

हिमाल प्रेस ७ असार २०८० १८:४२
6
SHARES
चितवनमा ११ महिनामा मरे २२ गैँडा र तीन बाघ फाइल तस्बिर : डा. बाबुराम लामिछानेको ट्विटरबाट।

चितवन- आर्थिक वर्ष २०७९/८० को ११ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा एकसिंगे गैँडा र तीनवटा बाघसहित १०९ वन्यजन्तुको मृत्यु भएको छ। निकुञ्जको विवरणअनुसार यो अवधिमा प्राकृतिक कारणले (उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट) ७१ वन्यजन्तु मरेका हुन्।

कुकुरको आक्रमणबाट २६, विद्युतीय करेन्ट लागेर दुई, जुधेर एक, दुर्घटनाका कारण एक, चोरी सिकारीका कारण एक, बाढीले बगाएर एक र दलदलमा परेर एक वन्यजन्तुको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

यस्तै मृत्युको कारण नखुलेको दुई र अन्य कारणले तीन वन्यजन्तुको मृत्यु भएको उनले बताए। मृत्यु भएका गैँडा १३ वटा नवलपरासी र ९ वटा चितवन जिल्ला क्षेत्रमा भेटिएका थिए। मृत्यु भएका सबै बाघ प्राकृतिक कारणले मरेको तिवारीले बताए।

यस अवधिमा दुई हात्तीको मृत्यु भएको छ। मृत्यु भएका दुई हात्तीमध्ये एउटा सरकारी घरपालुवा र एउटा निजी हात्ती छन्। सबैभन्दा धेरै ५१ वटा चित्तलको मृत्यु भएको छ। कुकुरको आक्रमणबाट मात्रै २५ चित्तलको मृत्यु भएको तिवारीले जानकारी दिए।

यस्तै अर्ना तीन, चितुवा एक, गौरीगाई तीन, जरायो सात, बँदेल तीन, कछुवा दुई, लगुना एक, धनेश एक, घडियाल गोही आठ, मगर गोही एक, रतुवा एक र एउटा दुम्सीको मृत्यु भएको छ। कार्यालयले यो अविधमा एक सय १७ वन्यजन्तुको उद्धार गरेको जनाएको छ।

प्रकाशित: ७ असार २०८० १८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast