रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

हिमाल प्रेस ७ असार २०८० ११:२४ | Thursday, June 22, 2023
रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै रास्वपा केन्द्रीय कार्यालय

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेको छ।

पार्टीको स्थापना दिवसको सन्दर्भमा बालाजुस्थित नयाँ पार्टी कार्यालयमा संयुक्त बैठक बसिरहेको पार्टीको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिइन्।

संयुक्त बैठकपछि पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ। दिवसका अवसरमा आज विभिन्न राजनीतिक दल तथा पदाधिकारीसँगको छलफलको कार्यक्रमसमेत रहेको उनले बताइन्।

बैठकमा आगामी आर्थिक वर्षको बजेट वितरणलगायत समसामयिक विषयमा छलफल हुने उनको भनाइ छ।

पार्टी स्थापना दिवसका अवसरमा रास्वपाले आज नै पार्टी कार्यालयमा चियापान कार्यक्रम गर्ने भएको छ।

प्रकाशित: ७ असार २०८० ११:२४ | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast