‘सदाचारको पक्षमा उभिनेले कसरी हस्ताक्षर गर्न सक्नुभयो?’

हिमाल प्रेस ६ असार २०८० १५:५२ | Wednesday, June 21, 2023
‘सदाचारको पक्षमा उभिनेले कसरी हस्ताक्षर गर्न सक्नुभयो?’

काठमाडौँ- नेकपा (एमाले)का सचिवसमेत रहेका सांसद योगेशकुमार भट्टराईले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने निर्णय तत्काल खारेज गर्न माग गरेका छन्।

सरकारले चलाउनेविरुद्ध ज्यान गर्ने उद्योगअन्तर्गतको मुद्दा फिर्ता गर्ने निर्णय गरेर सरकारले दण्डहिनता निम्त्याएको उनको भनाइ छ। ‘सदाचारको पक्षमा सधैँ उभिने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुद्दा फिर्ता लिने निर्णयमा कसरी हस्ताक्षर गर्न सक्नुभयो ?’उनले प्रश्न गरे।

बुधबार प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले देश बनाउने जिम्मेवारी पाएको कांग्रेस र एमाले जस्ता ठूलो पार्टीका प्रतिनिधिहरूले नै मुलुकमा दण्डहीनताको स्थिति सृजना गर्ने काम गर्न नहुने बताए।

‘प्लिज, तपाईंले यो निर्णय फिर्ता लिनुस्। र, तपाईंले आफ्नो पुरानो प्रतिबद्धता, मान्यता हो। त्यसमा उभिनुस्,’ उनले भने, ‘त्यसले नै हामी जुन पार्टीलाई प्रतिनिधित्व गरिरहेका छौँ नेपाली कांग्रेस, नेकपा एमाले। यस्ता ठूला राजनीतिक दलहरूले नै यस्ता बेथितिहरूको, दण्डहीनताको स्थिति तपाईं–हामीले नै सृजना गर्ने हो भने यो देश कसले बनाउँछ ?’

प्रकाशित: ६ असार २०८० १५:५२ | Wednesday, June 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast