घोराही सिमेन्टको आईपीओ निष्काशन प्रक्रिया रोक्न निर्देशन

हिमाल प्रेस ४ असार २०८० १७:०१ | Monday, June 19, 2023
घोराही सिमेन्टको आईपीओ निष्काशन प्रक्रिया रोक्न  निर्देशन

काठमाडौँ- नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्काशन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ। मागभन्दा बढी आवेदन परे पनि कम्पनीले म्याद थप गरी आईपीओ निष्काशनलाई निरन्तरता दिएपछि बोर्डले स्थगन गर्न निर्देशन दिएको हो।

घोराही सिमेन्टको क्रेडिट रेटिङमा पनि समस्या देखिएको बोर्डले जनाएको छ। जेठ ३२ गते सर्वसाधारणका लागि जारी गरिएको आईपीओको आवदेन दिने समय असार ३ गतेसम्म थियो।

मागभन्दा बढी आवेदन परे पनि आज (साेमबार) कम्पनीले आवेदन दिने म्याद थप गरेको थियो। सर्वसाधारण लगानीकर्ताको सुरक्षा र हितलाई ध्यान दिँदै आईपीओ निष्काशनको प्रक्रिया स्थगन गर्नुपरेको बोर्डले बताएको छ।

साेमबारमात्रै घोराही सिमेन्टको ओईपीओमा भारी फर्जी आवेदन परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले बोर्डलाई जानकारी गराएको थियो।

प्रकाशित: ४ असार २०८० १७:०१ | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast