उत्पादनले बजार नपाएसम्म कृषिक्षेत्र अर्थतन्त्रको खम्बा बन्‍न सक्दैन : ओली

हिमाल प्रेस ४ असार २०८० ११:०६ | Monday, June 19, 2023
उत्पादनले बजार नपाएसम्म कृषिक्षेत्र अर्थतन्त्रको खम्बा बन्‍न सक्दैन : ओली

काठमाडौँ– नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कृषि उत्पादनले बजार नपाएसम्म कृषिलाई अर्थतन्त्र र रोजगारीको मुख्या खम्बा मान्न नसकिने बताएका छन्।

नेपाली किसानहरूले उत्पादन गरेको गोलभेँडाले बजार नपाएर सडकमा फालेको समाचार बाहिरिएपछि ओलीले यस्तो टिप्पणी गरेका हुन्।

‘हामी एकातिर करिब ४ सय अर्बको कृषिजन्य वस्तु आयत गरिरहेका छौं, अर्कोतिर हाम्रा कृषि उत्पादनले मूल्य नपाएर सडकमा फालिएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

किसानले मेहनतपूर्वक पसिना बगाएर गरेको उत्पादन सडकमा फालेको यस्तो दृश्य देख्दा मन थाम्न मुस्किल हुने ओलीले बताएका छन्।

कृषिवस्तु खरिद सम्झौताका लागि चुनावी घोषणा पत्रको २० ग्यारेन्टीमार्फत एमालेले पहल गरेको पनि उनले उल्लेख गरेका छन्।

‘जबसम्म हामी किसानलाई उनीहरूका उत्पादनको उचित मूल्य र आम्दानीको ग्यारेन्टी गर्न सक्दैनौं, तबसम्म हामी कृषिलाई अर्थतन्त्र र रोजगारीको बलियो खम्बा बनाउन सक्दैनौं,’ उनले भनेका छन्।

प्रकाशित: ४ असार २०८० ११:०६ | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast