आइसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट

जिम्बाबेलाई नेपालले दियो २९१ रनको लक्ष्य

हिमाल प्रेस ३ असार २०८० १६:३२ | Sunday, June 18, 2023
जिम्बाबेलाई नेपालले दियो २९१ रनको लक्ष्य

काठमाडौँ– आइसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले जिम्बाबेलाई २९१ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले घरेलु टिम जिम्बाबेलाई ८ विकेटको क्षतिमा २९१ रनको लक्ष्य दिएको हो।

नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले नेपालका लागि उत्कृष्ठ साझेदारी गर्दै दुवैले अर्धशतक प्रहार गरे। पहिलो दुई ओभरमा खाता खोल्न नसकेको नेपालका लागि भुर्तेल र शेखले १७१ रनको कीर्तिमानी साझेदारी बनाए।

भुर्तेलले ९९ रनमा आउट भए। उनले ९५ बलमा १३ चौकार र २ छक्काको मद्दतमा ९९ रन बनाएका हुन्। अर्का ओपनर शेखले १०० बलमा ७ चौका हिर्काएर ६६ रन बनाए।

दुवै ओपनर आउट भएपछि कप्तान रोहित पौडेल र कुशल मल्लले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरे। पौडेल २९ बलमा ५ चौकाको मद्दतमा ३१ रन जोडेर आउट भए भने मल्ल ४२ बलमा २ चौका र ३ छक्काको मद्दतमा ४१ रन जोडेर आउट भए।

त्यसपछि नेपालको विकेट लगातार गयो। आरिफ शेख १०, गुल्सन झा १३ रनमा र भीम सार्की डकआउट भए। त्यस्तै दीपेन्द्रसिंह ऐरी ६ रनमात्रै जोडे। खेल जिम्बाबेको हरारे स्पोर्स्टस क्लबको मैदानमा जारी छ।

प्रकाशित: ३ असार २०८० १६:३२ | Sunday, June 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast