योगेश भट्टराईलाई गृह जिल्ला ताप्लेजुङ प्रवेशमा निषेध

हिमाल प्रेस ३ असार २०८० १५:०६ | Sunday, June 18, 2023
योगेश भट्टराईलाई गृह जिल्ला ताप्लेजुङ प्रवेशमा निषेध

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईलाई आफ्नै गृह जिल्ला प्रवेशमा निषेध गरिएको छ। कोशी प्रदेशको नामकरणको विषयलाई लिएर ताप्लेजुङका पहिचानवादीहरूले उनलाई जिल्ला प्रवेशमा निषेध गरिएको भन्दै विज्ञप्ति जारी गरेका हुन्।

ताप्लेजुङका आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लिुङ, किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान संघ, सुनुवार सेवा समाज, खस क्षेत्री एकता समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी संघले प्रेस विज्ञप्ति जारी गर्दै निषेध घोषणा गरेका हुन्।

प्रदेश १ को नाम कोशी प्रदेश राखिएको भन्दै पहिचानवादीहरूले आन्दोलन गरिरहेका छन्। एमालेले भने कोशी नाम अब फेर्न नसकिने बताउँदै आएको छ।

 

 

प्रकाशित: ३ असार २०८० १५:०६ | Sunday, June 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast