काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वका विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवम् राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन्।
बाढी प्रभावितको उद्धारमा जुट्न सुरक्षा अंग, राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिँदै सो अभियानमा सहयोग गर्न उनले निर्देशन दिएका हुन्।
बाढी पहिराका कारण भएको धनजनको क्षतिप्रति पनि उनले गहिरो दुःख व्यक्त गरेका छन्।
गए राति पूर्वी नेपालमा आएको भारी वर्षाका कारण बाढी र पहिरो आउँदा संखुवासभामा १७ र पाँचथरमा ५ जना बेपत्ता भएका छन्। बाढीले मेची राजमार्ग अवरुद्ध छ।
प्रकाशित: ३ असार २०८० १०:२५ | Sunday, June 18, 2023
प्रतिक्रिया




