जेठमा १ लाख ५० हजारले गरे मनकामना केबलकारको यात्रा

हिमाल प्रेस १ असार २०८० १८:१५
26
SHARES
जेठमा १ लाख ५० हजारले गरे मनकामना केबलकारको यात्रा

काठमाडौँ– मनकामना केबलकारको मासिक यात्रु संख्यामा कीर्तिमान कायम भएको छ। चालु आर्थिक वर्ष २०७९/८० को जेठ महिनामा १ लाख ५० हजार यात्रुले मनकामना केबुलकारको यात्रा गरेका छन्। यो संख्या २५ वर्षे मनकामना केबलकारको इतिहासमै बढी हो।

यसअघि आव २०७५/७६ को जेठ महिनामा १ लाख ३५ हजार यात्रुले मनकामना केबलकारको यात्रा गरेका थिए।

चालु आवमा मनकामना जाने यात्रुको संख्यामा भारतीयको संख्यामा पनि भारी वृद्धि भएको छ। चालु आवको ११ महिनामा कुल २ लाख ६९ हजारभन्दा बढी भारतीय पर्यटकले मनकामना केबलकारको यात्रा गरेका छन्।

जेठ महिनामा मात्रै २६ हजार भारतीय पर्यटकले मनकामनाको यात्रा गरेको कम्पनीले जनाएको छ।

प्रकाशित: १ असार २०८० १८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =