६० अर्ब बढीको बजेट ल्याउँदै बागमती सरकार

हिमाल प्रेस १ असार २०८० ९:१९ | Friday, June 16, 2023
६० अर्ब बढीको बजेट ल्याउँदै बागमती सरकार

काठमाडौँ– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट शुक्रबार (आज) सार्वजनिक गर्दैछ।

दिउँसो ३ बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले आगामी आर्थिक वर्षका लागि निर्धारित बजेट प्रस्तुत गर्नेछन्।

बजेट सार्वजनिक गर्नुअघि मन्त्रिपरिषद् बैठक बस्ने तयारी छ। सरकारको आगामी आर्थिक वर्षको बजेटलाई संसद्मा पेस गर्न स्वीकृतिका लागि आज शुक्रबार दिउँसो १:३० बजेका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरिएको छ।

सो बैठकपछि प्रदेश सरकारको बजेट सदनमा पेस गर्ने सरकारको तयारी छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६० अर्ब रुपैयाँ भन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ।

प्रदेश सरकारले भौतिक पूर्वाधार विकास, शिक्षा स्वास्थ्य, कृषि र युवालाई देशकै रोजगारी सृजनालगायत विषयलाई प्राथमिकतामा राखेर बजेट तयार गरिएको बताइएको छ।

प्रकाशित: १ असार २०८० ९:१९ | Friday, June 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast