आजदेखि तीन महिना सडक खन्‍न रोक

हिमाल प्रेस १ असार २०८० ८:३२ | Friday, June 16, 2023
आजदेखि तीन महिना सडक खन्‍न रोक

काठमाडौँ– सरकारले असार १ (आज)देखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले सूचना जारी गर्दै सम्बन्धित निकायलाई सडक खन्न रोक लगाएकोबारे जानकारी गराएको छ।

बर्खामा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले सडक खन्न रोक लगाइएको कार्यालयले जनाएको छ।

बर्खामा सडक खन्दा सडक थप बिग्रिने भएकोले यही असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने सूचनामा उल्लेख छ।

तीन तहका सरकारी निकायबीच समन्वय नहुँदा सहरी क्षेत्रमा सडक भत्काउने र बनाउने क्रम चल्दा बर्खाको समयमा सर्वसाधारणलाई हैरानी हुने गरेको छ।

बर्खा लागेपछि सडक समयमै मर्मत गर्न नसकिने र आवागमनमा असुविधा पुग्ने हुँदा ३ महिना सडक खन्न रोक लगाइएको कार्यालयको जनाएको छ।

प्रकाशित: १ असार २०८० ८:३२ | Friday, June 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast