‘रिङ रोड’का टिकट काउन्टर हटाउन कार्यदल गठन

हिमाल प्रेस ३२ जेठ २०८० २१:५६ | Thursday, June 15, 2023
‘रिङ रोड’का टिकट काउन्टर हटाउन कार्यदल गठन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरपालिका भित्र ‘रिङ रोड’मा रहेका टिकट काउन्टर हटाउने निर्णय गरेको छ। बिहीबार महानगरले उक्त निर्णय गरेको हो।

महानगरपालिकाले असार १ गते शुक्रबारबाट महानगरपालिका भित्रका रिङ रोडमा रहेका टिकट काउन्टरहरूका बाेर्ड हटाएर उपयुक्त स्थानमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापना गर्न कार्यदल गठन गर्ने निर्णय गरिएको महानगर प्रहरी प्रमुख राजु अर्यालले जानकारी दिए।

यात्रुहरू बिच सडकमा चढाउने तथा उतार्ने विषयमा पनि सोही कार्यदलले स्थान तोक्ने निर्णय गरिएको अर्यालले बताए। महानगरपालिकाले जगतमान श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको छ।

प्रकाशित: ३२ जेठ २०८० २१:५६ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast