उखु किसानका समस्या समाधान गर्न संसदीय उपसमिति गठन

हिमाल प्रेस ३१ जेठ २०८० २०:५७
4
SHARES
उखु किसानका समस्या समाधान गर्न संसदीय उपसमिति गठन

काठमाडौँ- उखु किसानका समस्या समाधान गर्न सांसद कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरिएको छ। संसदीय समितिअन्तर्गत ‘चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमिति’ गठन गरिएको हो।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबार बसेको बैठकले ५ सदस्यीय उपसमिति गठन गरेको हो। समिति सचिव रामकुमार पौडेलले उखु किसान र उद्योगबीचका समस्या अध्ययन गरी समाधान गर्न समिति सदस्य कृष्णकुमार श्रेष्ठ संयोजकतवमा उपसमिति गठन गरिएको जानकारी दिए।

उपसमितिमा कान्तिका सेजुवाल, गणेश पराजुली, रामशंकर यादव र सूर्यमान दोङ तामाङ रहेका छन्। उपसमितिलाई अध्ययन प्रतिवेदन पेस गर्न एक महिनाको समय दिइएको छ। उपसमितिले उद्योगी व्यवसायीहरूसहित छलफल गरेर अध्ययन प्रतिवेदन समिति बैठकमा पेस गर्ने कार्यादेश दिइएको छ।

प्रकाशित: ३१ जेठ २०८० २०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast