यी हुन् काठमाडौँ महानगरले ताला लगाएका दुई अस्पताल

हिमाल प्रेस ३० जेठ २०८० ५:५५ | Tuesday, June 13, 2023
यी हुन् काठमाडौँ महानगरले ताला लगाएका दुई अस्पताल

काठमाडौँ- दर्ता नै नगरी सञ्चालनमा रहेका काठमाडौँ महानगरपालिकाका दुईवटा अस्पतालमा काठमाडौँ महानगरपालिकाले ताला लगाएको छ। वडा ६ बौद्धको चाइनिज पिपुल्स अस्पताल र वडा ३२ कोटेश्वरमा रहेको सहयात्री अस्पतालमा कामपा जनस्वास्थ्य विभागले सोमबार ताला लगाएर बन्द गरेको हो।

स्वास्थ्यजस्तो संवेदनशील सेवा प्रदान गर्ने स्थान दर्ता नै नभएको पाइएपछि बन्द गराइएको कामपा जनस्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले बताए। उनले भने, ‘मानिसको बाँच्न पाउने अधिकारसँग जोडिएको क्षेत्र हो। दर्ता नै नगरी सञ्चालन हुने स्वास्थ्य संस्था न सरकारप्रति जिम्मेवार छन्, न नागरिकप्रति यसकारण बन्द गरिएको हो।’

बन्द गरिएका दुवै अस्पताल १५÷१५ शय्यामा सञ्चालन भएका हुन्। चाइनिज पिपुल्स अस्पतालमा अक्युपङ्चर र पाइल्सको उपचारका लागि मानिसहरु आउने गरेका थिए। त्यस्तै सहयात्रीमा गर्भपतन सेवा दिने गरिएको आउने गरेका थिए।

विभागले लक्षित वर्गलाई उपलब्ध गराउनुपर्ने सेवा उपलब्ध गराएको नगराएको बारे नियमित निगरानी र अनुगमन गरिरहेको छ। यही जेठ पहिलो साता कामपाको प्रमुख बालेन्द्र साहले उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्न आफ्नो क्षेत्रभित्रका अस्पताललाई निर्देशन दिएका थिए।

प्रकाशित: ३० जेठ २०८० ५:५५ | Tuesday, June 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast