काठमाडौँ- स्वर्गद्वारी मन्दिरको दर्शन गरी फर्किएको ८ जना सवार गाडी दुर्घटनामा परेको छ। कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
प्युठानको भिंग्री नजिकै लु १ च ६३४५ नम्वरको कार अपराह्न ४ बजे भीरबाट खस्दा ८ जनाको मृत्यु भएको हो।
लमही ५ का चालक तारा कुमाल बाहेक अन्य मृतकको पहिचान खुलेको छैन्। मृतकहरूमा २ महिला, २ पुरूष र ४ जना बालक रहेको डीएसपी सुवास खड्काले हिमालप्रेसलाई जानकारी दिए। उनीहरू कसैको पनि पहिचान भएको छैन। उनीहरू पहिचान भएको छैन।
‘सडकबाट ४५/५० मिटर तल गाडी खसेको रहेछ। गाडीमा सवार ८ जनाकै मृत्यु भएको छ’ उनले भने। दुर्घटनामा दाङको तुलसीपुर १५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल,उनका १४ वर्षका छोरा विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल, दाङको लमही नगरपालिका ७ गडुवाका ४० वर्षीय गोबिन्द शाह, उनकी श्रीमती ३० वर्षीया श्रीमती राधा नेपाली र उनीहरूकै ९ बर्षका छोरा आदित शाहको मृत्यु भएको प्रहरीले जनाएको छ।
कार चालक दाङको लमहीका ताराबहादुर कुमालको पनि मृत्यु भएको छ।