काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिमाल आरोहीहरूको जीवन बिमाको व्यवस्था गर्न सरकारसँग पहल गर्ने बताएका छन्।
कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले सोमबार काठमाडौँमा आयोजना गरेको आरोही सम्मान कार्यक्रममा देउवाले आरोहीहरूको जीवन बिमा आवश्यक रहेको भन्दै यस विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने बताएका हुन्।
देउवाले सगरमाथाको चुचुरोमा कांग्रेसको झण्डा पुर्याएर पार्टीमात्रै नभएर देशकै लागि गौरवको विषय भएको जिकिर गरे। कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथामा कांग्रेसको झण्डा फहराउने आरोहीहरूलाई सम्मान गरिएको थियो।
प्रकाशित: २९ जेठ २०८० १२:१२ | Monday, June 12, 2023
प्रतिक्रिया




