कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक : मन्त्री शर्मा

हिमाल प्रेस २९ जेठ २०८० ७:४२ | Monday, June 12, 2023
कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक : मन्त्री शर्मा

सुर्खेत– कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णाली कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन्।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्र वीरेन्द्रनगर सुर्खेतद्वारा आइतबार आयोजित पशुपन्छी औषधि व्यवसायीको लागि ३५ दिने औषधि व्यवस्थापनसम्बन्धी तालिम शुभारम्भ गर्दै उनले यहाँको कृषि र पशु क्षेत्रको विकासमा निजी क्षेत्रको लगानी जरुरी रहेको बताए।

‘माथिल्लो क्षेत्रमा चौंरी च्यांग्रा भेडा तथा बाख्रा कार्यक्रमको प्रवर्द्धन र पशुको स्वास्थ्य सेवामा निजी लगानी हुनुपर्दछ। स्थानीय तहमा हुने कृषि तथा पशु क्षेत्रमा गरिने औषद्योपचार प्रद्धति र सिफारिसमा प्रदेश सरकारको चासो भएकाले यसको व्यवस्थापनमा र नियमन गर्ने तालिमको मुख्य उद्देश्य हो,’ उनले भने।

नागरिकको सेवामा सहज र सरल बनाउन तालिम उपलब्धिमूलक हुने उनले विश्वास व्यक्त गरे।

प्रकाशित: २९ जेठ २०८० ७:४२ | Monday, June 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast