प्रभु लाइफसँग मर्जरमा जाने प्रस्ताव महालक्ष्मीको साधारण सभाबाट पारित

हिमाल प्रेस २६ जेठ २०८० १५:५८
8
SHARES
प्रभु लाइफसँग मर्जरमा जाने प्रस्ताव महालक्ष्मीको साधारण सभाबाट पारित

काठमाडौँ– महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले प्रभु लाइफ इन्स्योरेससँग मर्जरमा जाने प्रस्ताव पारित गरेको छ। यसअघि महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स मर्जरमा जाने सम्झौता भएको थियो।

मर्जरपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स हुने सम्झौता पनि साधारण सभाले पारित गरेको छ। दुवै कम्पनीको सेयर अनुपात १ः१ कायम हुनेछ। असार मसान्तभित्र मर्जरपछि बन्ने कम्पनीले एकीकृत कारोबार सुरु गर्नेछ।

प्रकाशित: २६ जेठ २०८० १५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 6 =