दाङमा पानी उद्योगमा लगानी बढाउँदै व्यवसायी

हिमाल प्रेस २४ जेठ २०८० ११:०८
8
SHARES
दाङमा पानी उद्योगमा लगानी बढाउँदै व्यवसायी

दाङ– दाङमा शुद्ध पिउने पानीका लागि व्यवसायीले लगानी बढाउँदै लगेका छन्। शुद्ध पिउने पानी बजारमा पुर्‍याउने उद्देश्यले व्यवसायीले जिल्लाका विभिन्न स्थानमा रहेका १८ पानी उद्योगमा११ करोड ९९ लाख ४७ हजार लगानी गरेका छन्।

जिल्लामा सञ्चालनमा आएका पानी उद्योगमा चालु पुँजी २ करोड ७६ लाख २० हजार घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत विक्रम केसीले जानकारी दिए। अधिकृत केसीका अनुसार उद्योगको स्थीर पुँजीनौ करोड २३ लाख २७ हजार रहेको छ।

१८ वटा पानी उद्योगमा आरोग्य मिनिरल वाटर एन्ड जुस उद्योग, राप्ती ड्रिङक वाटर उद्योग, राम्री ड्रिङकिङ वाटर उद्योग, ओम ड्रिङकिङ वाटर एन्ड जुस उद्योग, स्वर्गद्वारी ड्रिङकिङ वाटर उद्योग, सांग्रीला ड्रिङकिङ वाटर एन्ड वेभरिज प्रालि, गौतम जल सेवा, श्री राइराम ड्रिङकिङ वाटर उद्योग र लमही खानेपानी उद्योग तथा तीन साना वर्गका पानी उद्योग रहेको कार्यालयले जनाएको छ।

सबैभन्दा धेरै प्रशोधित पानी उत्पादन गर्ने १२ उद्योग रहेको अधिकृत केसीले जानकारी दिए। ड्रिङकिङ वाटर तथा फ्लेवर ड्रिङक्स पानी उत्पादन गर्ने २, मिनरल वाटर उत्पादन, पानी तथा आइस पप जुस उत्पादन गर्ने, मिनरलसहित पानी तथा जुस उत्पादन गर्ने एक/एक वटा छन्।

अधिकांश उद्योगले भूमिगत पानी प्रशोधन गरेर बिक्री वितरण गर्ने गरेको केसीले बताए। उनले भने, ‘जिल्लामा सञ्चालित अधिकांश पानी उद्योगले भूमिगत पानी प्रशोधन गरेर बिक्री गर्ने गरेका छन्। ‘

दाङसहित साविकको राप्ती क्षेत्रमा बढ्दो सहरीकरणसँगै पछिल्लो समय उपभोक्तामा शद्ध पिउने पानी खानुपर्छ भन्ने ज्ञान भएसँगै जिल्लामा खानेपानीका उद्योगमा लगानी बढ्दै गएको अधिकृत केसीले बताए। व्यवसायसँगै उपभोक्तालाई जनतालाई शुद्ध पिउने पानी पुर्‍याउने उद्देश्यले उद्योगको स्थापना भएका कार्यालयले जनाएको छ। ती उद्योगमा झण्डै २ सय जनाले रोजगारी पाएका छन्।

प्रकाशित: २४ जेठ २०८० ११:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast